काठमाडौं,३ फागुन । एमालेका अध्यक्ष केपी ओलीले देशमा अझैपनि चुनावका लागि ढुक्क हुनगरी वातावरण बन्न नसकेकोभन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । आज आइतबार काठमाडौंबाट झापाको भद्रपुर बिमानस्थलमा उत्रनु भएका ओलीले त्यहाँ उपलब्ध सञ्चारकर्मीसँग कुरागर्दै उपरोक्त कुरा बताउनु भएको हो ।

त्यसक्रममा उहाँले चुनाव हुने भएको खण्डमा आफूहरु भाग लिन तयार रहेको बताउँदै बंगलादेशमाजस्तै नेपालमा पनि सामाजिक सञ्जालमा पपुलर भएका व्यक्तिहरु थोरै सिटमा समेटिने खुलाशा गर्नुभएको थियो । उहाँले आसन्न निर्वाचनका लागि आफू सवै मतदाताको घरघरमा पुग्ने प्रयासमा रहेको दाबि पनि गर्नुभएको थियो ।