कराकस, २ फागुन । भेनेजुएलामा राजनीतिक बन्दीहरुका आफन्तहरुले शनिबार काराकासको एक कारागार बाहिर भोक हड्ताल शुरु गरेका छन् । सरकारले हिजो शनिबार १७ जना मात्र बन्दीहरु रिहा गरेपछि राजनीतिक बन्दीका आपन्तहरुले आफ्ना प्रियजनहरुको रिहाईका लागि कारागारबाहिर भोक हडताल शुरु गरेका हुन् । अनुहारमा मास्क लगाएर लगभग १० महिलाहरुको समूह जोन ७ भनेर चिनिने केन्द्रीय कारागारको प्रवेशद्वारमा लामवद्धरुपमा सुतेर आन्दोलनको शुरु गरेका हुन् । एकजना महिलाले नाम नबताउने सर्तमा एएफपीसँग भनिन्–धेरै महिलाहरु सुतिरहेका छन् किनकि निद्राले उनीहरुलाई कम भोक लाग्छ अर्थात् भोक सहन सहज हुन्छ । एक राजनीतिक बन्दीकी आमा तथा अध्यागमन अधिकारी एभलिन क्वियारोले दबाबले कामगरेको छ । सबै रिहा नहुँदासम्म हामी यहीँबस्ने घोषणा गरेका छौँ भन्नुभयो । आतङ्कवादसँग सम्बन्धित आरोपमा नोभेम्बरदेखि हिरासतमा रहेका क्वियारोले उहाँले बिहानै १ः०० बजे अन्तिम खाना खानुभएको थियो भन्नुभयो । नेशनल एसेम्ब्लीका अध्यक्ष जर्ज रोड्रिगेजले सामाजिक सञ्जालमा एक पोष्टगर्दै १७ जना कैदीलाई रिहागर्ने घोषणा गर्नुभएको छ ।
उहाँले भेनेजुएलाका जनतालाई ‘लोकतान्त्रिक सहअस्तित्व निर्माणका लागि शान्तिको यो मार्गलाई निरन्तरता दिन’ आग्रह गर्नुभएको छ । यो ऐतिहासिक आममाफी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशको लामो समयदेखि राष्ट्रपति रहेका निकोलस मदुरोलाई अमेरिकी विशेष बलले जनवरी ३ मा काराकासमा छापा मारी पक्राउ गरेपछि गरेका सुधारहरुको श्रृंखला हो । सरकारले अघि बढाएको राजनीतिक बन्दीको आममाफीले लगभग तीन दशकको राज्य दमनको पृष्ठ उल्ट्याउने लक्ष्य राखेको छ र विगत २७ वर्षमा मदुरो र उनका पूर्ववर्ती ह्युगो चाभेजको शासनको विरोध गर्ने असन्तुष्टहरुमाथि लगाइएको सबै आरोपहरु समेट्ने अपेक्षा गरिएको छ ।
आममाफी कानूनले असन्तुष्टहरुलाई बन्दगर्न प्रयोग गरिएको देशद्रोह, आतङ्कवाद र घृणा फैलाउने आरोपहरु लागि थुनामा रहेका हजारौँको समस्यालाई सम्बोधन गर्नेछ । तर बिहीबार पहिलो प्रस्तुतीमा विधेयकलाई समर्थन मिलेपछि सांसदहरुले यसलाई कसरी लागूगर्ने भन्ने कुरामा सहमतिगर्न आममाफी विधेयक पारितको एजेनडालाई स्थगित गरेका छन् । सरकार समर्थक र विपक्षी सांसदहरु आममाफीको लागि अदालतमा उपस्थित हुन आवश्यक पर्ने धारालाई लिएर विवादमा देखिएका छन् तर उनीहरु फेब्रुअरी १९ मा बहस जारी राख्न सहमत भएका छन् । रासस,एएफपी