
काठमाडौं, ७ फागुन । आज एमालेले चुनावी घोषणापत्र सार्वजनिकगर्ने भएको छ । घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ । पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायमगर्नका निम्ति नयाँ सत्तासमीकरण आवश्यक परेको उल्लेखगर्दै निर्वाचनमा स्पष्ट बहुमत प्राप्तगर्ने लक्ष्य राखेको थाहाभएको छ । यसैबीच सो पार्टीका अध्यक्ष केपी ओलीले प्रजातन्त्र जनताको साहस, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना व्यक्तगर्दै अध्यक्ष ओलीले जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गर्दै स्वतन्त्रता र अधिकारको बिहानी उदाएको दिनका रुपमा प्रजातन्त्र दिवसलाई स्मरणगर्दै प्रजातन्त्रका लागि जीवन अर्पणगर्ने अमर शहीदहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरे । अध्यक्ष ओलीले प्रजातन्त्र दिवसले तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउने उल्लेख गर्नुभएको छ । उहाँकाअनुसार पहिलो जिम्मेवारी राष्ट्रिय स्वाधीनताको रक्षागर्दै राष्ट्रको गरिमा जोगाउनु हो । दोस्रो, संविधानको संरक्षणगर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवन्त राख्नु हो ।
तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माणगर्दै नागरिकको सुरक्षा सुनिश्चितगर्नु हो । अध्यक्ष ओलीले फेसबुकमा आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरुकता पूर्वक अघि बढ्न सकौँ । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना लेख्नु भएको छ ।