काठमाडौं, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले एक बक्तब्य प्रकाशित गरी धरपकड बन्दगर्न र पक्रेका सबै नेता कार्यकर्ता अबिलम्ब रिहाइगर्न माग गर्नुभएको छ । उहाँले बक्तब्यमा बर्तमान सरकारले नेपाली जनताले दशकौंसम्म लडेर ठूलो त्याग, तपस्या र बलिदानपछि प्राप्त र संबिधान प्रदत्त असहमति जनाउन पाउने, बिचार अभिब्यक्तगर्न पाउने र शान्तिपूर्ण बिरोध जुलुश तथा सभागर्न पाउने मौलिक र आधारभूत हक अधिकारलाई कुल्चदै देशमा जुन दमन र धरपकड चलाउन थालेको छ, त्यसको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र भत्र्सना गर्दछ र गैर संबैधानिक र गैर कानूनी धरपकड तुरुन्त रोक्न र धरपकड बन्दगर्न तथा पक्राउ परेका नेकपा(बहुमत)का नेता धर्मेन्द्र बास्तोला, अर्का नेता ऋषि कट्टेललगायतका सबै नेता कार्यकर्ताहरुलाई तत्काल रिहागर्न जोडदार माग गर्दछ भन्नुभएको छ ।
उहाँले बक्तब्यमा देशमा विकसित घोर अन्यौल, सन्देहास्पद र अनिश्चितताको अबिश्वसनीय र अनुपयुक्त वाताबरणमा राष्ट्रिय सर्बसहमति नखोजी र स्वाधीन अन्तरिम सरकार गठन नगरी र यसरी अनुकूल तथा सुरक्षित बातावरण सिर्जना नगरी घोषणा गरिएको निर्वाचनप्रति मत मतान्तर हुनु र बिरोध जनाइनु स्वभाबिक भएको र त्यसकै निहुँमा दमन र धरपकपगर्ने कृत्य असंवैधानिक, गैर कानूनी र निन्दनीय छभन्ने नेपाल कम्युनिष्ट पार्टी औंल्याउँदछ भन्नुभएको छ ।