काठमाडौ,११फागुन । एमालेका अध्यक्ष केपी ओलीले बुथ कब्जाको सपना नदेख्न बिपक्षीलाई चेतावनी दिनुभएको छ । उहाँले एमालेले कसैलाई बुथ कब्जागर्न नदिने पनि बताउनु भएको छ । झापाको दकममा आज कोशीको नेशनल भोलिन्टियर्स फोर्सको घोषणा कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले अब हरेक बुथमा आफ्नो पार्टीको नेशनल भोलिन्टियर्स फोर्स तैनाथगर्ने घोषणा पनि गर्नुभएको छ । अध्यक्ष ओलीले देशभरका हरेक बुथमा कम्तिमा ३० जना भोलेन्टियर्स राख्न समेत निर्देशन दिए ।

प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न फोर्सले सहयोगगर्ने उहाँको भनाइ थियो । उहाँले टोलटोलमा भोलेन्टियर्स फोर्स गठनगर्न निर्देशनदिंदै त्यसका लागि पार्टीले आवश्यक सहयोगगर्ने पनि बताउनु भएको थियो । उहाँले फोर्सलाई स्थानीय पार्टीले पनि हस्तक्षेप गर्ननहुने बताउनु भएको छ । देशको जुनसुकै कुनामा गए पनि एमालेले के ग¥योभनेर सोधे जवाफ पाइने उहाँको भनाई थियो ।