काठमाडौं, १५ फागुन । नेपाली कम्युनिष्ट पार्टीले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई पदमुक्तगर्न गरेको प्रयास असफल भएको छ । सो पार्टीले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले हिजो शर्मालाई सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउनु भनी अन्तरिम आदेश जारीगरेको हो । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टीको कर्णाली प्रदेश इन्चार्ज हुनुभएको छ ।
तसर्थ हालको नेपाली कम्युनिष्ट पार्टीले उहाँलाई पदमुक्तगर्न खोजेको थियो । नेकपाको निर्णयका आधारमा प्रदेशसभा सचिवालयले शर्मा पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो ।