हनोई, ८ चैत । भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिष्ट पार्टीका १८ सदस्यहरु निर्वाचित भएका भियतनामले हिजो शनिबार घोषणा गरेको छ । भियतनामको नेशनल एसेम्ब्ली देशको शीर्ष विधायिका निकाय हो, तर यसले मुख्यतया सत्तारुढ कम्युनिष्ट पार्टीले गरेका निर्णयहरुलाई अनुमोदन गर्दछ । मतदाताहरुले आइतबार आफ्नो मतदान गरे र शनिबार आधिकारिक परिणामले केवल १८ निर्वाचित व्यक्तिहरु गैर–कम्युनिष्ट पार्टीका सदस्य भएको देखिएको छ । पाँच बर्ष पहिले भएको चुनावमा यो संख्या केबल १४ थियो। संसदीय उपमामिला समितिका उपाध्यक्ष ता थी येनले वृद्धिलाई मामूली कुरा बताउँदै यसले लोकतन्त्र र नेशनल एसेम्ब्लीमा प्रतिनिधित्वको अर्थपूर्ण विस्तारलाई संकेत गर्दछ भन्नुभयो ।

सरकारकाअनुसार भियतनामका सातकरोड ६० लाख मतदाताहरुमध्ये ९९ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेका छन् । यो सहभागी संख्या अत्यधिक उच्च हो । करिब १० करोड जनसंख्या भएको दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनाम आर्थिक सफलताको कथा हो, गतवर्ष आठ प्रतिशतको वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । अर्को महिनाबस्ने पहिलो बैठकले नयाँ संसदको पहिलो कार्यहरुमध्ये एक जनवरीमा दुई दशकको कंग्रेसमा पार्टीले पहिलेनै चयन गरेका पार्टीका वरिष्ठ नेताहरुलाई अनुमोदन गर्नेछ ।

यसअघि पार्टीको बैठकले शीर्ष नेता टु लामलाई महासचिवकारुपमा पुनः अनुमोदन गरेको थियो उहाँ राष्ट्रपति पनि बन्ने अपेक्षा गरिएको छ । यो पदका लागि सांसदहरुको अनुमोदन आवश्यक पर्दछ । रासस,एएफपी