
काठमाडौं,१६ चैत । नेपाली कांग्रेसका समानान्तर बैठक शुरु हुन थालेका छन् । जसमा शेरबहादुर देउवा समूह सक्रिय भएको छ । पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष अब खुला टकराबमा रुपान्तरित भएको छ । विशेष महाधिवेशनमार्फत सभापति बन्नुभएका गगन थापा नेतृत्वको समूह र संस्थापन पक्षका सभापति शेरबहादुर देउवा उहाँका कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा वरिष्ठ नेता शेखर कोइराला समूहबीचको विवाद चरममा पुगेको छ ।
देउवा पक्षले विशेष महाधिवेशनलाई नै अस्वीकारगर्दै आएको छभने थापा पक्षले पनि आफूलाई अघि बढाइरहेको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापतिको पूर्णबहादुर खड्काले निर्णयहरु सार्वजनिकगर्न थाल्नुभएको छ । हिजो आइतबार खड्काले कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारीगर्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा देशव्यापी आन्दोलनको आह्वान गर्नुभएको थियो ।
संस्थापन पक्षको बैठक भोली मंगलबार र गगन थापा समूहको अनुशासन समितिको बैठक पर्सी बुधबार बस्दैछ । कतिपय नेताहरु दुबै पक्षलाई मिलाएर अगाडि बढ्ने प्रयासमा रहेको देखिएको छ । सो पार्टीको आधिकारिकताका बारेमा सर्बोच्च अदालतमा परेको रिटको सुनुवाई आगामी २२ गते हुँदैछ ।