काठमाडौं,११ चैत । नेपालमा छिमेकी चीन र भारतले नेपालको लिपुलेकमा बढाएको गतिबिधिप्रति बिरोध बढ्दो छ । यसैक्रममा नेकपा मसालका महामन्त्रि मोहनबिक्रम सिंहले आज एक बक्तब्य प्रकाशितगरी अहिले चीन र भारतले लिपुलेकको बाटो भएर व्यापारगर्ने तयारी गरिरहेको कुरा समाचार माध्यमहरुले बाहिर ल्याएका छन् । लिपुलेक नेपालको अभिन्न भाग हो । त्यसकारण नेपालको सहमति बिना लिपुलेक भएर चीन र भारतले व्यापारगर्ने जुन सहमति गरेका छन्, त्यो नेपालको राष्ट्रियता र सार्वभौमिकताका विरुद्धको कुरा हो भन्नुभएको छ ।

उहाँले बक्तब्यमा हाम्रो पार्टीले शुरुदेखि नै त्यसको विरोधगर्दै आएको छ र अहिले पनि त्यो बाटो भएर चीन र भारतका बिचमा व्यापारगर्ने जुन कुरा उठिरहेको छ, त्यसको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ भन्नुभएको छ ।