काठमाडौं,१३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी का नेता बालेन्द्र शाहलाई नेपालको ४७ औं प्रधामन्त्री पदमा नियुक्त गर्नुभएको छभने रास्वपाले केही मन्त्रिको पनि टुंगो लगाएको छ । प्राप्त समाचारअनुसार अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, गृहमन्त्री सुदन गुरुङ, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल र पर्यटन मन्त्रीमा गणेश पौडेल, उद्योग मन्त्रीमा अमरेशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्शाल, उर्जा तथा जलस्रोत मन्त्रीमा विराज भक्त श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी, शिक्षा मन्त्रीमा सस्मित पोखरेल, सूचना तथा संचार मन्त्रीमा विक्रम तिमिल्सेना र कृषी मन्त्रीमा गीता चौधरी छनोट हुनुभएको छ ।
उपसभापति डिपी अर्याललाई सभामुख बनाउने निर्णय भएको बताइएको छ । केही मन्त्रिका बारेमा टुंगो लगाउने प्रयास भैरहेको सूत्रहरुले उल्लेख गरेका छन् ।
