काठमाडौं,१४ चैत । रास्वपाका नयाँ नेता बालेन्द्र साहले सत्ता सम्हाले लगत्तै प्रतिशोधको राजनीति शुरुभएको छ । आज बिहानै एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि केपी ओली र नेपाली कांग्रेसका संस्थापन पक्षका नेता तथा पूर्ब गृहमन्त्रि रमेश लेखकलाई गिरफ्तार गरिएपछि सर्बत्र बिरोध शुरुभएको छ । आजैबाट सडक आन्दोलन शुरु हुनेभएको छभने भोली आइतबारबाट कानूनी उपचार शुरुहुने भएको छ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार अदालतमार्फत कारवाही अगाडि बढाउनुपर्नेमा आज गृहमन्त्रिको ठाडो आदेशमा कारवाही अगाडि बढाइएपछि सरकार समेत फसेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । यसैक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट लिएर भोलि सर्वोच्च अदालत जाने बताउनुभएको छ ।
प्रहरीले ओली र लेखकलाई जरुरी पक्राउ पूर्जी जारीगर्दै पक्राउ गर्नु गैरकानूनी काम भएको उहाँले बताउनु भएको छ । उहाँले दुई जनालाई पक्राउ गरेको प्रक्रिया पनि मिलेको छैन र यसरी कानुनी प्रक्रिया नपु¥याई पक्राउगर्नु नै गलत छ । जरुरी पक्राउ पुर्जी प्रहरीले जारीगर्न त सक्छ । तर त्यो भनेको भागेर कतै जाने सम्भावना भएको अवस्थामा र प्रमाण नष्टगर्ने हकमा मात्रै हो भन्नुभएको छ । आज बिहान प्रहरीले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता तथा पूर्ब गृहमन्त्रि रमेश लेखकलाई पक्राउ गरेको छ । ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको हो । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौं लगिएको उहाँले जानकारी दिनुभएको छ ।
त्यसैगरी पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दैआउनुभएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिनुभएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरी काठमाडौं लगेको छ । ओलीलाई पक्राउगर्न ठूलो संख्यामा प्रहरीहरु भक्तपुरस्थित उहाँको निवास गुण्डुमा पुगेका थिए । आजै एमालेको सचिवालय बैठक बस्दैछ । सो बैठकपछि आन्दोलन थालिने बताइएको छ ।