काठमाडौं,१५ चैत । एमालेका अध्यक्ष केपी ओलीलाई हिरासतमुक्त गराउन मागगर्दै ओलीकी पत्नी राधिका शाक्यले आज सर्बोच्च अदालतमा दायर गर्नुभएको रिटमा भोली सोमबारमात्र सुनुवाई हुने भएको छ । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउगर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ । कुनै पनि जाँचबुझ वा छानबिनगर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सिधै व्यक्तिहरु पक्राउगर्ने कुरा कानूनसम्मत नहुने उक्त रिटमा जिकिर पनि गरिएको छ ।
प्रहरीले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोबारे काठमाडौं जिल्ला अदालतका बहस सकिएको छ । आजै फैसला आउने संभावना छ । यसैबीच ओलीको रिहाईको मागगर्दै आज आइतबार पनि काठमाडौं लगायत देशभर प्रदर्शन भएको छभने ७७ वटै जिल्ला प्रशासन कार्यालयमा बिरोधपत्र बुझाइएको छ ।