काठमाडौं, २२ चैत । नेपाल मजदुर किसान पार्टीको कन्द्रीय समिति बैठक आज पनि जारी छ । हिजोबाट भक्तपुरमा शुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक प्रशिक्षण दिनुभएको थियो । उहाँले देशको वर्तमान राजनीतिक अवस्था, गत फागुन २१ को निर्वाचन र यसबाट उब्जिएका नयाँ परिस्थितिबारे केन्द्रीय सदस्यहरुलाई समीक्षात्मक जानकारी गराउनुभएको जनाइएको छ । कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंकाअनुसार केन्द्रीय सदस्यहरुले प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेकाले बैठक आज आइतबार पनि जारी रहने छ ।