काठमाडौं, २१ चैत । एमालेले सरकारले आफ्नो सयबुँदे कार्यसूचीमा बिद्यार्थी संगठन खारेजगर्नेबारे निर्णय लिएकोप्रति आपत्ति जनाउँदै फिर्तालिन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यसालमा हिजो बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयबाट पछिहट्न सरकारको ध्यानआकर्षणगर्ने निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ । त्यसैगरी पार्टी नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ ।
सचिव भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध कडारुपमा प्रतिवादमा उत्रिने र कानूनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हानगर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । उहाँले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ । साथै नियोजित आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानूनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हानगर्ने निर्णय गरेको छ भन्नुभएको छ । त्यस्तै एमालेले वर्तमान सरकारको बिद्यार्थी संगठनहरु खारेजगर्ने र उनीहरुमाथि प्रविन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ। सरकारलाई अभिलम्ब यस निर्णयबाट पछाडि हट्न ध्यानाकर्षण समेत गराएको छ ।