काठमाडौं,२८ चैत । नेपाली कांग्रेसमा मध्यमार्गि अभियान थालिएको छभने सो पार्टी फुटाउन प्रमुख भूमिका निर्वाह गरेका गगन थापा संकटमा परेको चर्चा हुनथालेको छ । शेरबहादुर देउवा र गगन थापा समूहलाई मिलाएर एउटै कांग्रेस बनाउन डा. शेखर कोइराला नेतृत्वको समूहले अभियान थालेको हो । सर्वोच्च अदालतले नेपाली कांग्रेसको अधिकारिकता सम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले दायर गरेको पूरक रिटबारे सभापति गगन थापा पक्षलाई पनि पेसीको सूचना दिन आदेश दिएको छ । गत २६ गते बिहीबार दायर गरिएको पूरक रिटमाथि हिजो शुक्रबार कामयमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले त्यस्तो आदेश दिएको हो ।

सर्वोच्चले पूरक निवेदन दर्ता भएको सूचनादिँदै अन्तरिम आदेश जारीगर्ने वा नगर्ने विषयमा निर्णय गर्नुअघि थापा पक्षको पनि बहस सुन्न आवश्यक रहेको जनाएको छ । यसअघि दर्ता भएको मूल रिटलाईसमेत सँगै राखेर सुनुवाइ गर्नुपर्ने माग देउवा पक्षले गरेपनि अदालतले एकतर्फी रुपमा अन्तरिम आदेश जारीगर्न नमिल्ने भन्दै दुवै पक्षलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो । निर्वाचन आयोगले गत माघ ४ गते गगन थापालाई पार्टीको अधिकारिकता दिएको निर्णयविरुद्ध देउवा र पूर्णबहादुर खड्काले रिट दायर गरेका थिए ।

हाल नेपाली कांग्रेसमा गगन थापाले रास्वपालाई जिताउनकै लागि निर्वाचनको मुखमा आफ्नो पार्टी जबरजस्त बिभाजन गराएको निष्कर्ष निकालिएको छ । नेकांको गगन थापा समूहले प्रतिनिधिसभाको उप सभामुखमा रास्वपाकै राजनीतिक पल्लाभारी हुने निर्णय गरेपछि उपरोक्त कुरा पुष्टि भएको कतिपयको निष्कर्ष छ ।