काठमाडौं,८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभएको छ । कांग्रेसको केन्द्रीय समितिद्वारा हेटौँडामा हिजो आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभएको थियो ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उहाँले नयाँ सरकारले कसैमाथि गैरकानूनी सम्पत्ति आर्जन, भ्रष्टाचारको बिषयमा अनुसन्धान गर्दा कानून, नियम, विधि प्रकृयाअनुसार गर्नुपर्ने उल्लेख गर्नुभएको थियो । कसैप्रति पूर्वाग्रही ढङ्गले व्यवहार नगर्न आग्रहगर्दै उहाँले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीलेसमेत मान्नुपर्ने बताउनुभएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रुपमा सूचना प्रविधिको सदुपयोगगरेर पार्टी नीति सिद्धान्तअनुरुपका कार्यक्रम हरेक नागरिकसम्म पु¥याउनुपर्ने बताउनुभएको थियो ।