काठमाडौं,८ वैशाख । नेपालको परराष्ट्र मन्त्रालयले नेपालीलाई ढाँटेको खुलाशा भएको छ । प्राप्त समाचारअनुसार इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ । यसअघि पररराष्ट्रले उहाँ रिहा भइसकेको र नेपाल ल्याउने प्रयास भैरहेको जनाएको थियो । अमृत झाकी दिदी पूजा झाले बिभिन्न सञ्चार माध्यमसँग कुरागर्दै आफ्नो भाइले फोनगरेको थियो, आफू अझै जेलमै रहेको बताएको खुलाशा गर्नुभएको हो । उहाँले नेपाल सरकारले नै अमृत रिहा भएको घोषणा गरेको थियो । सरकारले किन ढाट्यो थाहा छैन तर अमृत अझै जेलमा रहेको र त्यहाँ वकिलले अनुसन्धान जारीरहेको अमृतलाई जानकारी गराएको बताउनुभएको छ ।

गत केही दिनअघि परराष्ट्रमन्त्री शिशिर खनालले अमृत रिहाभएको सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको थियो । मन्त्री खनालले अमृतको रिहाइका लागि इरानको स्थानीय अदालतबाट आदेश भएकोभन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरलमार्फत अनौपचारिकरुपमा मन्त्रालयमा प्राप्त भएको बताउनुभएको थियो । मन्त्रालयले जारीगरेको एक विज्ञप्तिमा उक्त आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरागरी नेपाल फर्काउनेसम्मको तयारी गरिएको उल्लेख थियो, जहाँ तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको पनि जनाइएको थियो ।