काठमाडौं,८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वबिद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरुमा दलीय बिद्यार्र्थी तथा कर्मचारी संगठनका संरचनाहरु तत्काल हटाउन निर्देशन दिए लगत्तै काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा बिरोध शुरुभएको छ । हिजो सिंहदरबारमा भएको उपकुलपतिहरुसँगको भेटमा प्रधानमन्त्रि बालेन्द्रले बिद्यार्थी र कर्मचारी संगठन बन्दगर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो ।
त्यस लगत्तै काठमाडौंको सरस्वती बहुमुखी क्याम्पस, ठमेलका बिद्यार्र्थीहरुले प्रधानमन्त्रीको निर्देशनको विरोधगर्दे मशाल जुलुस प्रदर्शन गरेका थिए । सरस्वती बहुमुखी क्याम्पस सयुक्त बिद्यार्र्थी संगठनको आयोजनामा मूल्य वृद्धि र बिद्यार्र्थी संगठन खारेजी निर्णयविरुद्ध प्रदर्शन भएको हो । नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी सरस्वती क्याम्पस इकाइ कमिटी अध्यक्ष राजेश बाबु बगालेको नेतृत्वमा मशाल जुलुस भएको सो संगठनले जनाएको छ ।
नाराबाजीगर्दै अमृत साइन्स क्याम्पस पुगेका उनीहरुले बिद्यार्र्थी संगठन खारेज निर्णय फिर्ता गर, संयुक्त बिद्यार्र्थी संगठन जिन्दावाद, पेट्रोलियम मूल्यवृद्धि फिर्ता गरलगायत नारा लगाएका थिए । सरस्वती क्याम्पस नेबिसंघका प्रतिनिधि मनिसराज थपलिया, एमाले निकट अनेरास्ववियुका प्रतिनिधि विवेकराज जोशी,अखिल छैठौका प्रतिनिधि मदन भुषाललगायतको उपस्थितिमा जुलुस निकालिएको थियो । मशाल जुलुस निकालिएपछि प्रहरीले नियन्त्रणमा लिन प्रयाससमेत गरेको थियो ।