काठमाडौं,९ वैशाख । एम्नेष्टी इन्टरनेसनल नेपालले सन् २०२५÷२६ को विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा शक्तिशाली राष्ट्रहरु, निजी व्यावसायिक क्षेत्र र अधिकार विरोधी आन्दोलनहरुद्वारा सञ्चालित बहुपक्षीयता, अन्तरराष्ट्रिय कानून र मानव अधिकारमाथि आक्रमण भएको जनाएको छ । प्रतिवेदनमा जातीय विभेद, लैंगिकतामा आधारित विभेद र हिंसा अधिकारमाथि बन्देजहरु शरणार्थी र आप्रवासीहरुको अधिकार उल्लंघन भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनले सन् २०२५ मा विश्वका १४४ देशलाई समेट्दै अन्तरराष्ट्रिय कानूनविरुद्ध अपराधहरु भएको, नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध, हतियारको गैरजिम्मेवारपूर्ण ओसारपसार र उत्पादन दण्डहीनता बढेको देखाएको छ । एम्नेष्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले मानव विश्वमा मानव अधिकारको अवस्थाबारे जानकारीदिँदै मानव अधिकारको अवस्था सन्तोजनक नभएको बताउनुभएको छ । रासस