काठमाडौं,९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छभने गृह मन्त्रालयलाई पनि तत्काललाई प्रधानमन्त्री शाहकै मातहत राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिपक्षी दलहरुले गृहमन्त्रि हटाइएको स्वागतगर्दै तत्काल छानविन थाल्न माग गरेका छन् ।

गुरुङले आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको थियो । बिभिन्न आर्थिक अनियमितताको आरोप र चौतर्फी राजनीतिक दबाबकाबीच उहाँले आज प्रधानमन्त्री बालेन्द्रलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।