
लन्डन, १३ वैशाख । विगत २४ वर्षदेखि इजरायलमा जेलमा रहेका प्यालेष्टिनी नेता मरवान बरघोटी प्यालेष्टिनको नयाँ नेता हुनुहुने संभावना रहेको बताइएको छ । एक समाचारअनुसार लोकतान्त्रिक नवीकरणको नेतृत्वगर्न सक्ने एक सशक्त व्यक्तिका रुपमा रहेको उहाँका छोरा अरब बरघोटीले एएफपीसँगको कुराकानीमा दाबी गर्नुभएको छ । समर्थकहरुले प्यालेष्टिनको नेल्सन मण्डेला भनेर प्रशंसागर्ने गरिएका ६६ वर्षीय बरघोटी इजरायलको सबैभन्दा उच्च ओहोदाका कैदी हुनुहुन्छ र प्यालेष्टिनी मुद्दाको प्रतीक बन्नुभएको छ ।
कब्जामा रहेको वेष्ट ब्यांकका धेरै भित्ताहरुमा बरघोटीका तस्बिरहरु टाँसिएका छन् । उहाँ युद्धमा इजरायली आक्रमणबाट अधिकांश भूभाग नष्ट हुनुअघि गाजामा पनि देखिनुभएको थियो । सन् २००० को दशकको शुरुवातमा भएको दोस्रो इन्तिफादा, प्यालेष्टिनी विद्रोहका नेताहरुमध्ये एक, मारवान बरघोटीलाई ९० वर्षीय प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बासको सम्भावित उत्तराधिकारीको रुपमा प्रायः उद्धृत गरिन्छ । सन् २००२ मा बुबा जेलमा पर्दा बरघोटीका छोरा अरब ११ वर्षकोमात्र हुनुहुन्थ्यो ।
इजरायली अदालतले सन् २००४ को जूनमा इजरायल र कब्जा गरिएको वेष्ट ब्यांक मा पाँच जनाको ज्यान लिनेगरी चार आक्रमणमा संलग्न भएको आरोपमा उहाँलाई आजीवन कारावासको सजाय सुनाएको थियो । वैष्ट ब्यांकको रामल्लाह सहरमा बस्दैआएका ३५ वर्षीय अरबले चार वर्षदेखि आफ्ना पितालाई भेट्नुभएको छैन तर आफ्नो रिहाइको अभियानमा आफ्नो जीवन नै समर्पित गर्नुभएको छ । प्यालेष्टिनी इस्लामिक समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको घातक आक्रमणपछि उहाँले पितासँग प्रत्यक्ष सम्पर्क गर्नुभएको छैन । आफ्नो बुबाको खबर वकिलमार्फत निरन्तर प्राप्त गर्नुहुन्छ । अन्तिमपटक अप्रिल १२ मा आफ्ना वकिलले बुबालाई भेटेको र उहाँलाई हालैका हप्ताहरुमा तीनपटक हिंसात्मक आक्रमण गरिएको थियो । अरबले आफ्नो बुबाको रिहाइको लागि लन्डनमा एक अन्तर्वार्तामा एएफपीसँग हामीले उहाँमाथिको दुव्र्यवहार र यातनाको बारेमा थाहा पायौँ भन्नुभयो । इजरायली कारागार अधिकारीहरुले एक विज्ञप्ति जारीगर्दै आरोपहरु ‘झूटो, यसअघि लगाइँदै आएको आरोपको निरन्तरता र पूर्ण रुपमा निराधार भएको’ बताउनुभएको छ ।
अगष्टको तस्बिरमा बरघोटीका बुबा कमजोर र शारीरिकरुपमा दुब्लो देखिनुभएको थियो तर वकिलले उहाँलाई सधैँजस्तो तकडा, मानसिकरुपमा धेरै तीक्ष्ण भएको बताएका थिए । बरघोटीका अनुसार वर्षौंको कारावासपछि पनि उहाँका बुबाको लोकप्रियता कम भएको छैन । हामीलाई एकीकृत नेतृत्वको सख्त आवश्यकता छ । मलाई लाग्छ कि उहाँले यसको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ प्यालेष्टिनमा भविष्यको लोकतान्त्रिक नवीकरण र एकताको प्रतिनिधित्व गर्नसक्नुहुन्छ । अब्बासको फताह पार्टीका लामो समयदेखि सदस्य रहेका मरवान बरघोटीलाई हमासका लडाकुसहित सबै प्यालेष्टिनी राजनीतिक गुटहरुले नेताको रुपमा स्वीकार गर्न सक्ने दुर्लभ व्यक्तित्वमध्ये एक मानिन्छ ।
इजरायली जेलमा रहेका उहाँ चाँडै रिहाहुने कुनै संकेतभने छैन । अरबले जोड दिनुभयो–विनाशकारी गाजा युद्ध र वैष्ट ब्यांकमा फैलिरहेको यहुदी बस्तीको बावजुत उहाँका पिताले आफ्ना जनताका लागि कहिल्यै आफ्नो आशा त्याग्नुभएको छैन । बरघोटी अझै लामो समयदेखि प्रचार गरिएको दुई–राज्य समाधानमा विश्वास गर्नुहुन्छ, जसले भविष्यमा प्यालेष्टिन राज्य इजरायलसँगै एक छिमेकीको रुपमा देख्नेछ । अरबले उहाँले वर्तमान इजरायली सरकारले मूल रुपमा दुई–राज्य समाधानलाई जानाजानी मारिरहेको छ र सम्पूर्ण विश्वले यसलाई हेरिरहेको छ भन्नुभयो ।