
काठमाडौं, १६ वैशाख । पूर्ब माओवादी नेता पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी भित्र नेताहरुका बीचमा भाँडभैलो शुरु भएको थाहाभएको छ । कतिपय नेताहरुले पार्टीले दिएको जिम्मेवारीसमेत अस्वीकार गनुभएको थाहा भएको छ । यसैक्रममा सो पार्टीका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी अस्वीकार गर्नुभएको छ । नेकपाले रावललाई गृह प्रदेशको इन्चार्जको जिम्मेवारी दिने तयारीगरेको थियो ।
पार्टी मुख्यालय कोटेश्वर डाँडामा पूर्वपदाधिकारीहरुको बैठक बसिरहेका बेला रावलले सामाजिक सञ्जालमार्फत जिम्मेवारी अस्वीकार गरेको सार्वजनिक गर्नुभएको थियो । रावलले आफूसँग परामर्शनै नगरी जिम्मेवारी दिन खोजिएकोभन्दै असन्तुष्टि पनि जनाउनुभएको छ । रावलले सबैजसो प्रदेशमा युवालाई इन्चार्जको जिम्मेवारी दिइएकाले सुदूरपश्चिममा पनि त्यसैगर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । सो पार्टीका नेताहरु झलनाथ खनाल र बामदेव गौतम लगायतका नेताहरु पनि संयोजक दाहालको ब्यवहारप्रति रुष्ठ हुनुभएको बताइएको छ । नेकपाले गरेको कार्य बिभाजन निम्नानुसार छ–
- पुष्पकमल दाहाल : संयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
- माधवकुमार नेपाल : सहसंयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
- झलनाथ खनाल : प्रमुख नीति अनुसन्धान प्रतिष्ठान
- वामदेव गौतम : प्रमुख उत्पादन तथा रोजगारी विभाग
- नारायणकाजी श्रेष्ठ : प्रमुख अनुगमन तथा मूल्यांकन विभाग
- अग्नि सापकोटा : प्रमुख स्थानीय तह
- कृष्णबहादुर महरा : प्रमुख राष्ट्रिय सुरक्षा
- गंगानारायण श्रेष्ठ : प्रमुख सांस्कृतिक
- डा.गंगालाल तुलाधार : इञ्चार्ज बागमती
- गिरिराजमणि पोखरेल : प्रमुख शिक्षा विभाग
- गोपाल किराती : उपप्रमुख नीति अनुसन्धान प्रतिष्ठान
- चक्रपाणि खनाल : इञ्चार्ज लुम्बिनी प्रदेश
- चेतबहादुर पुन : प्रमुख सांस्कृति मोर्चा फ्याक्सन
- जगन्नाथ खतिवडा : प्रमुख बुद्धिजीवी फाट
- जयन्ती राई : प्रमुख संघीय संसदीय फाट
- डिलाराम आचार्य : जिम्मेवारी तोक्न बाँकी
- दिनानाथ शर्मा : प्रमुख प्राध्यापक फाट
- देवेन्द्र पौडेल : प्रमुख स्वास्थ्य विभाग
- देव गुरुङ : प्रमुख कानुन विभाग
- नन्दबहादुर पुन : प्रमुख सुरक्षाकर्मी संगठन फाट
- पम्झा भुसाल : प्रवास संयोजक
- प्रकाश ज्वाला : पार्टी प्रवक्ता तथा प्रेस संगठन प्रमुख
- प्रमेश हमाल : प्रमुख विदेश विभाग
- प्रेमबहादुर सिंह : प्रमुख संसदीय मामिला
- वर्षमान पुन : संगठन विभाग प्रमुख
- डा. वेदुराम भुसाल : पार्टी स्कुल विभाग प्रमुख
- भानुभक्त जोशी : सहइञ्चार्ज सुदूरपश्चिम
- भीम रावल : इञ्चार्ज सुदूरपश्चिम
- मदनकुमार शाह गरिमा : प्रमुख श्रम रोजगार विभाग
- महेन्द्र राय यादव : इञ्चार्ज मधेस प्रदेश
- मातृका यादव : सहइञ्चार्ज मधेस प्रदेश
- मेटमणि चौधरी : सहइञ्चार्ज लुम्बिनी प्रदेश
- रञ्जिता श्रेष्ठ : सहइञ्चार्ज सुदूरपश्चिम
- राजेन्द्र राई : इञ्चार्ज कोशी प्रदेश
- राजेन्द्र पाण्डे : प्रमुख जगवर्गीय मोर्चा
- रामकुमार भट्टराई : सहइञ्चार्ज मधेस प्रदेश
- रामचन्द्र झा : प्रमुख प्रादेशिक मामिला विभाग
- लिलामणि पोखरेल : ऊर्जा तथा जलस्रोत विभाग प्रमुख
- राजेन्द्र श्रेष्ठ : प्रमुख संघीय मामिला
- शक्ति बस्नेत : प्रमुख अर्थ योजना
- श्रीराम ढकाल : प्रमुख पश्चिम महादेश अनुगमन
- सुनिल मानन्धर : प्रमुख कृषि विभाग
- सुवासराज काफ्ले : प्रमुख उद्योग व्यवसाय विभाग
- हितमान शाक्य : सहइञ्चार्ज, उपत्यका विशेष प्रदेश
- हितबहादुर तामाङ : प्रमुख उपभोक्ता आपूर्ति विभाग