काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसमा स्पष्ट रुपले तीनवटा समूह सक्रिय देखिएका छन्भने पार्टी एकताका लागि सभापति गगन थापालाई तत्काल पद छाड्न दबाव बढेको थाहाभएको छ । गत फागुन २१ को निर्वाचनको मुखैमा त्यतिबेला महामन्त्रि रहनुभएका गगन थापा र बिश्वप्रकाश शर्माले जबरजस्त पार्टी फुटाएको निष्कर्ष पनि निकालिएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएसँगै कानूनी विवाद टुंगिएको देखिए पनि राजनीतिकरुपमा भने विवाद झन चर्किएको जानकारहरुको भनाई छ । गगन थापा, डा. शेखर कोइराला र पूर्णबहादुर खण्डकाले नेतृत्व गरेका समूहहरुबीच तीब्र प्रतिश्पर्धा चलेको छ ।

तीनवटै समूहले छुट्टाछुट्टै भेला, बैठक र शक्ति सञ्चयका गतिविधि तीव्र पारेका छन् । विवादका मुद्दा र गतिविधिका स्वरुपले कांग्रेसको आन्तरिक शक्ति संघर्ष तत्काल समाधान हुने देखिएको छैन । गगन थापा समूहले आफ्ना गतिविधि जारी राखेकै वेला १४ औँ महाधिवेशनको संस्थापन पक्ष र डा. शेखर कोइराला समूह समानान्तर गतिविधिसहित शक्ति सञ्चयमा सक्रिय भएका छन् । शेरबहादुर देउवा पक्षले अदालतको निर्णयविरुद्ध पुनरावेदनको तयारीगर्दै राजनीतिकरुपमा पनि सशक्त उपस्थिति देखाउने रणनीति लिएको देखिएको छ । नेता डा.शेखर पक्षधर पनि रणनीतिक छलफलमा जुटेको छ । दुवै पक्षले पार्टी एकताको विषय सभापति गगन थापाको हातमा रहेको औँल्याएका छन् । उनीहरु अझै ‘पर्ख र हेर’को रणनीतिमा रहेका देखिन्छन् । पूर्णबहादुर खड्काले हिजो मंगलबार धुम्बाराहीमा आफूनिकट नेताहरुको भेला गर्नुभएको थियो ।

भेलामा विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा.शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेतृहरु सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना, नेताहरु डा. प्रकाशशरण महत, उमाकान्त चौधरीसहित १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापति सहभागिता रहेको थियो । भेलालाई सम्बोधनगर्दै खड्काले पार्टी एकतामा जोडदिँदै विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बनेको आरोप लगाउनु भएको थियो । डा.कोइरालाले भोली १७ गते आफू पक्षधर नेताहरुको भेला बोलाउनुभएको छ । बागमती प्रदेशस्तरीय भेलाको तयारी रहेको जीवन परियारले बताउनुभएको छ । नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले राजीनामा दिनासाथ सो पार्टीमा एकता हुनुसक्ने संभावना रहेको बताइएको छ ।