काठमाडौं,१३ वैशाख । आज पनि सुकुम्बासी बस्ती हटाउन बिहानै देखि प्रहरी परिचालन गरिएको छभने हिजो राति भक्तपुरको मनोहरामा भएको झडपमा दर्जनौ घाइते भएको थाहाभएको छ । मध्यपुरथिमि–१ स्थित मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा सरकारले हिजो डोजर चलाएको थियो । सरकारले दिएको समयसीमाभित्र केही बासिन्दाले बस्ती नछोडेपछि हिजो राति डोजर चलाइएको हो । साँझ ६ बजे पछि १० वटा डोजर परिचालनगरी घरटहरा भत्काउन शुरु गरिएकोमा बल प्रयोग गरेर टहरा भत्काएको भन्दै आक्रोशित बस्तीबासीले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । झडपमा करिब डेढ दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।

जिल्ला प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानासहित नेपाल प्रहरीका ११ जना र सशस्त्र प्रहरीका ५ जनागरी १६ जना घाइते भएको प्रहरीले पुष्टिगरेको छ । अनाधिकृत बस्ती हटाउनका लागि झन्डै चारदेखि पाँच हजार सुरक्षाकर्मी र कर्मचारीहरु परिचालन गरिएको बताएको छ ।