काठमाडौं, १४ वैशाख । । नेकपा बहुमतले सुकुम्बासी बस्ती हटाएकोमा बिरोध गरेको छ । सो पार्टीका प्रवक्ता दिपकद्धारा जारी गरेको प्रेस वक्तव्यमा राज्यले शक्तिको प्रयोगगरी सुकुम्बासी जनतालाई विस्थापितगर्ने प्रयास गरेको आरोप लगाइएको छ । वक्तव्यमा भनिएको छ–सरकारद्वारा गरिँदैआएको बस्ती हटाउने कार्यले गरिब तथा विपन्न वर्गको जीवन झन् कष्टकर बनाएको छ । पार्टीले जनताको आवासको सुनिश्चित व्यवस्था नगरी सरकारी जग्गा खाली गराउने काम अन्यायपूर्ण भएको उल्लेख गरेको छ ।
सो पार्टीकाअनुसार देशमा विद्यमान आर्थिक तथा सामाजिक असमानताका कारण ग्रामीण क्षेत्रका जनता शहरतर्फ बसाइँ सर्न बाध्य भएका हुन् । तर, राज्यले उनीहरुको आधारभूत आवश्यकता—आवास, शिक्षा, स्वास्थ्य र रोजगारी पूरागर्न नसकेको आरोप लगाइएको छ । नेकपा (बहुमत) ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक नीति आवश्यक रहेको बताउँदै विगतका सरकारहरुले यसलाई केवल राजनीतिक स्वार्थका लागि प्रयोग गरेको दाबी गरेको छ ।