काठमाडौं, १५ वैशाख । निजामती विधेयकको मस्यौदामाथि सुझावै सुझाव आएको बताइएको छ । संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागतगर्नका लागि तर्जुमा गरिएको संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि तीन हजार ५०० भन्दाबढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्तभएका छन् । सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारीगरी यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका सुझाव र प्रतिक्रियासमेत संकलन तथा विश्लेषण गरिरहेको जानकारी दिएको छ । सरोकार भएका निकाय, राष्ट्रसेवक कर्मचारी र आमनागरिकको जानकारी तथा पृष्ठपोषणका लागि यही वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा उक्त मस्यौदा प्रकाशनगरेको थियो ।

विधेयकलाई थप प्रभावकारी बनाउन प्राप्त सुझावलाई व्यवस्थितरुपमा संकलन, अध्ययन तथा विश्लेषण गर्न मन्त्रालयले त्यसका लागि प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठनगरी अध्ययन विश्लेषणको कार्य भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचनामा मन्त्रालयद्वारा सार्वजनिक विधेयकको मस्यौदा प्रारम्भिक मस्यौदा भएकाले यसमा सुधारका धेरै क्षेत्रहरु रहेका विषयमा मन्त्रालय अवगत छ ।

अतःमस्यौदालाई अन्तिम रुप दिनुपूर्व सरोकार भएका निकायबाट प्राप्त सुझाव अध्ययनगरी उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने विषयमा सम्बद्ध सबैलाई आश्वस्त हुनसमेत अनुरोध छ भनेको छ ।