
काठमाडौं, १८ वैशाख । आज नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाका दुईतारे जर्नेलले भेटवार्तागर्ने कार्यक्रम छ । नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीकारुपमा कार्यरत अमेरिकी सेनाका मेजर जनरल प्याट्रिक ए.टिगले आज शुक्रबार सिग्देलसँग भेटगर्ने हुनुभएको हो ।
मेजर जनरल टिगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सेर्गियो गोरसँगै हिजो बिहीबार काठमाडौं आउनु भएको थियो । राजदूत गोरभने आज शुक्रबार बिहानै सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।