काठमाडौं,२३वैशाख । पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा वृद्धिहुँदै गएकोभन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले जारीगरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरुले मोबाइल प्रयोगकर्ताहरुलाई लक्षितगरी ठगीगर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ । ती गिरोहहरुले कनेक्ट आइपिएसजस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी बिभिन्न मोबाइल नम्बरहरुबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ । उक्त सन्देशमा तपाईंको खाता लक गरिएको छभन्दै पुनः पहुँच प्राप्तगर्न एक्सेस रिजनगर्न आग्रह गरिन्छ र त्यसका लागि बिभिन्न शंकास्पद लिंकहरु पठाइन्छन् ।

प्रयोगकर्ताले ती लिंकमा क्लिक गरेपछि व्यक्तिगत विवरण संकलनगरी बैंक खातामा अनधिकृत पहुँच पु¥याई ठूलो मात्रामा रकम चोरीगर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ । ब्यूरोले यस्ता साइबर अपराधबाट जोगिनका लागि केही महत्त्वपूर्ण सुझावहरु पनि दिएको छ ।

शंकास्पद लिंकहरुमा क्लिक नगर्ने, बैंकिङ कारोबारका लागि सधैँ आधिकारिक वेबसाइट वा ‘एप’ मात्र प्रयोग गर्ने, आफ्ना गोप्य बैंकिङ विवरण कसैसँग पनि साझा नगर्ने तथा कुनै पनि संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैंकमा जानकारी गराउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । साइबर अपराधको जोखिम दिन प्रतिदिन बढ्दैगइरहेको सन्दर्भमा सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले उल्लेख गरेको छ । रासस