काठमाडौं,२३ वैशाख । एमालेका अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुहरुसँग छलफल थाल्नु भएको छभने नेतृत्व परिवर्तन चाहानेहरु संकटमा परेका छन् । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर विवाद चर्किएपछि पार्टी अध्यक्ष ओलीले सक्रियता देखाउनुभएको हो । दलको नेता फेर्ने कसरतमा लागेका सुदूरपश्चिमका सांसदहरुलाई छलफलका लागि अध्यक्ष ओलीले आज भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बोलाएर छलफल गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमालेका ११ जना सांसदहरु नेतृत्वको विषयमा छलफलगर्न गुण्डु पुग्नुभएको थियो । एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा हाल राजेन्द्र रावल रहनुभएको छ । तर, केही समयदेखि उहाँलाई हटाएर नयाँ नेता चयन गर्नुपर्ने मागराख्दै सांसदहरुले आन्तरिक छलफल र दबाब बढाउँदै लगेको भनिएको थियो । संसदीय दलभित्रको यो किचलोले पार्टीको प्रदेश संरचनामा नै असर पर्नसक्ने देखिएपछि अध्यक्ष ओलीले उनीहरुसँग प्रत्यक्ष कुराकानी गरेको बताइएको छ ।
अध्यक्ष ओलीले सांसदहरुका असन्तुष्टि सुन्नेपछि पार्टीको आन्तरिक एकता कायम राख्न निर्देशन दिनुभएको बुझिएको छ ।