काठमाडौं,२४ वैशाख । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नाममा सार्वजनिकगर्न शुरुगरेको छ । समितिकाअनुसार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरुको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीका नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारीगर्दै सम्बन्धित ऋणीहरुले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्कगरी ऋण चुक्ता गर्न निर्देशनदिँदै अन्यथा कानूनबमोजिम असुली गरिने जनाएको छ ।

अन्य ऋणीहरुको नामावलीसमेत क्रमिक रुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरुले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ । समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीका नाममा सार्वजनिक गरेको जनाएको छ । रासस