
काठमाडौं,२४ वैशाख । आब ०८३–०८४ को बजेटका बारेमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरुसँग छलफल गर्नुभएको थाहा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा हिजो उक्त छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरागर्दै अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट आएका योजनाहरु आवश्यक अध्ययन गरेरमात्रै बजेटमा समावेश गरिने बताउनुभएको थियो । उहाँले सरकारले अघिसारेका नीति तथा ‘वाचापत्र’मा उल्लेख गरिएका प्रतिबद्धताहरुलाई समेत आधार बनाएर बजेट तयार गरिने दाबि पनि गर्नुभयो । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट समग्र नेपाल केन्द्रित हुने उहाँको भनाई छ । उहाँकाअनुसार बजेट निर्माण प्रक्रियालाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयस्तरबाटै योजना छनोट र प्राथमिकता निर्धारण गर्ने प्रणालीलाई बलियो बनाइँदैछ ।
योजनाहरु सम्बन्धित मन्त्रालयबाटै एक्ससाइज भएर आउछ । वाचापत्रमा जे जे लेखिएको थियो त्यसैलाई प्रतिविम्वितगर्ने गरेर आउछ । अरु जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेछ आउँछ । हिजोको छलफलमा बजेटको लागि जिल्लामा कनिका छरे जसरी अब बजेट माग्ने परिपाटी अन्त्य गर्नुपर्छ।विशेषगरी ठुला बजेटहरु केन्द्रले धान्नसक्ने र गर्नसक्ने बजेटहरु र प्रदेश स्थानीय तह र केन्द्रका बजेटहरुलाई विशेषगरी फरक छुट्टाउनेगरी कामगर्नेभन्ने हिसावले र मन्त्रालय चहार्नुपर्ने अवस्था अन्त्यगर्नका लागि, विकासका पहुँच सबैतिर पुग्नेगरी दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजनगर्ने कुराहरु उठेको बताइएको छ ।