काठमाडौं,२५ वैशाख । मुक्त कमलरी विकास मञ्चले कमलरी मुक्त भएको एक दशक बढी बित्दासमेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले हिजो एक पत्रकार सम्मेलनगरी कमलरी मुक्त घोषणा भएको १३ वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमिन भोगचलनको २० वर्ष सकिँदा पनि व्यवस्थापन नभएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ०७० असार १३ गते तत्कालीन सरकारले कमलरी मुक्ति घोषणा गरेर केही कानून पनि आएको तर कानून कागजमै सीमित रहेकोभन्दै मञ्चकोतर्फबाट वर्तमान सरकारसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ । मञ्चका पूर्वकेन्द्रीय अध्यक्ष हिरामोति चौधरीले तत्कालीन सरकारले हामीलाई मुक्तगरेको घोषणा त गर्यो तर हाम्रो न्यूनतम आवश्यकता र न्यायका विषय आजसम्म पनि कागजमै सीमित बनाइयो, त्यसैले वर्तमान सरकारलाई ध्यानाकर्षणगर्न बाध्य भएका छौँ भन्नुभयो ।
उहाँले नेपालमा १२ हजार ७६९ मुक्त कमलरी रहेको र त्यसमध्ये नौ हजार ४९० जनाको मात्रै सरकारी तथ्यांकमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमध्येमा सात हजार ४३५ जनाले मात्र परिचयपत्र पाएका छन् ।