
काठमाडौं,२५ वैशाख । भारत लिपुेक बिवादबारे नेपालसँग वार्तागर्न तयार भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालले गरिरहेको दावी ठीक नरहे पनि आफूहरु वार्तागर्न तयार रहेको बताउनुभएको हो । उहाँले केही समाचारदाताहरुलाई बताउनु भएअनुसार कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको बताउँदै भारत र नेपालबीच रहेका मुद्दाका लागि संवादगर्न तयार रहेको छ भन्नुभयो । उहाँले कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दैआएको छ ।
यो कुनै नयाँ चीज होइन, हामीले प्रष्टरुपमा भनेका छौं उनीहरुको दाबी ठीक छैन । बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर चर्चागर्न तयार छौं। फलानो चिज हाम्रो हो, यसमा हाम्रो पोजिसन छभनेर एकतर्फ दाबीगर्नु ठीक होइन। केही विवाद छभने हामी बसेर संवाद गर्न सक्छौं भन्नुभएको छ ।