काठमाडौं,२५ वैशाख । सरकारी स्वामित्वमा रहेका तीनवटै बैंकका अध्यक्षहरुले आआफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरुले राजीनामा दिनुभएको हो । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाउनुभएको छ ।
पछिल्लो सरकारी अध्यादेशले उहाँहरुलाई नछोए पनि सरकारले भित्रभित्रै राजीनामाका लागि दबाव दिएपछि तीनैजनाले राजीनामा बुझाउनुभएको थाहाभएको छ ।