काठमाडौं,२५ वैशाख । बिभिन्न पार्टी सम्बद्ध छवटा किसान संगठनले एक संयुक्त बक्तब्य प्रकाशित गरी सुकुम्बासीमाथिको डोजर आतंक बन्दगर्न माग गरेका छन् । उनीहरुले हिजो संयुक्त बैठकगरी देशव्यापी सुकुम्बासी आन्दोलनप्रति ऐक्बद्धता तथा पूर्ण सहयोगगर्ने निर्णय पनि गरेका छन् । बैठकमा अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङ, प्रगतिशील किसान संघका इन्चार्ज लोकनारायण सुवेदी, अखिल नेपाल किसान महासंघका पूर्व महासचिव बलराम बासकोटा, प्रतिनिधिहरु सीमा रिजाल, डा. केशव खड्का, क्रान्तिकारी किसान महासंघका महासचिव धनेन्द्र पोखरेल, प्रतिनिधि भरत फुयाँलको सहभागिता रहेको थियो ।

उहाँहरुले सुकुम्बासी आन्दोलनको समर्थनमा अन्य संघर्षका कार्यक्रमसमेत सञ्चालन गर्ने निर्णय भएको बताए । सरकारले सकुम्बासीमाथि डोजर लगाई घरटहरा भत्काएर आतंक र दमन मच्याएकोमा त्यसको विरोधगर्दै त्यसलाई तुरुन्त रोक्नुपर्ने माग गर्नुभएको छ । सरकारी दमनका कारण आत्महत्यागर्न बाध्य किसानको प्रशंग उठाउँदै उहाँहरुले मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा अलपत्र सुकुम्बासीलाई तत्काल गास, बासको व्यवस्थागर्न माग पनि गर्नुभएको छ ।