काठमाडौँ, २९ वैशाख । प्रतिनिधिसभाको बैठक आज मध्यान्ह १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा हिजो सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।

चालु सदनको अधिवेशनमा आगामी जेठ १५ गते आर्थिक वर्ष ०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुने कार्यक्रम छ ।