इस्लामावाद,२९ वैशाख । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आज प्रहरीको गाडीलाई लक्षितगरी गरिएको वम बिष्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुकासाथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार सो घटना लक्की मारवत जिल्लामा भएको थियो । उक्त क्षेत्रमा नियमित गस्तीगर्ने क्रममा रहेको प्रहरीको गाडीलाई निशाना बनाएर बिष्फोट भएको स्रोतले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।

बिष्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले आक्रमण स्थलमा ठूलो संख्यामा नागरिकहरु प्रभावित भएको स्रोतले जनाएको छ । अनुसन्धानका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको र बिष्फोट पछि बम डिस्पोजल टोली घटनास्थलमा पुगेर बिष्फोटको प्रकृति निर्धारण भइरहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । रासस÷सिन्ह्वा