काठमाडौं,२९ वैशाख । सिपि गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको हालै सम्पन्न स्थायी समितिको बैठकले जेठ महिनाभरि सुकुम्बासी समस्यामा केन्द्रितभई आन्दोलनगर्ने निर्णय गरेको थाहा भएको छ । सो पार्टीको निर्णयमा अहिलेको डोजर आतंकको विरुद्ध उभिने पार्टी, संगठन तथा व्यक्तित्वसँग सहकार्यगरी आन्दोलनको विकासमा जोड दिने भनिएको छ । बैठकले दुई चरणमा आन्दोलनगर्ने निर्णय गरेको बताइन्छ ।

जसअनुसार जेठ १ देखि १५ गतेसम्म सुकुम्बासी समस्या र त्यसको समाधानसम्बन्धी पर्चा बनाएर सुकुम्बासी टोलमा वितरणगर्ने, शिविरमा गएर पार्टीको सुकुम्बासीसम्बन्धी दृष्टिकोण राख्ने, प्रभावित परिवारको तथ्यांक संकलनगर्ने, सुकुम्बासीहरुले स्वतःस्फूर्त चलाएका संघर्षमा सहभागिता जनाउने र दोस्रो चरण (जेठ १६ देखि ३० सम्म) आम जनतालाई सुकुम्बासी समस्याबार बुझाउन पिंढी सभा, कोणसभागर्ने, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना बस्ने, जुलुस तथा विरोध प्रदर्शनहरुगर्ने, सुकुम्बासी समस्या समाधानको मागगर्दै हस्ताक्षर संकलनगर्ने, कालोपट्टी बाँधेर विरोध प्रदर्शनगर्ने, मशाल जुलुस निकाल्ने, जिल्लास्तरीय सभाहरुगर्ने लगायतका निर्णय गरेको बताइएको छ ।

सो पार्टीले ०७२ को संविधानलाई देशमा बिद्यमान सबै समस्याहरुको जड भएको बताउँदै जनसंविधान र जनगणतन्त्र स्थापनानको माग गर्दैआएको छ ।