काठमाडौं,१ जेठ । नेपाली सेनाको भद्रकालीस्थित जंगी अड्डामा यही वैशाख २८ गतेदेखि सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम हिजो सम्पन्नभएको छ । समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरणमा सहभागिता जनाएका २९ सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । सोही क्रममा विगत लामो समयदेखि काठमाडौं तथा आसपासका जिल्लामा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारणगर्ने पाँचवटा एफएम रेडियो स्टेशनलाई सम्मानस्वरुप कदरपत्र प्रदान गरिएको थियो ।
अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुकासाथै विपद् प्रतिकार्य एवं समसामयिक विषयमा अन्तरक्रिया गराइएको थियो । सो अभिमुखीकरणबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको बताइएको छ । रासस