काठमाडौं,१ जेठ । एमालेका अध्यक्ष केपी ओलीले भोली शनिबारका लागि आफ्नो पार्टीको सचिवालय बैठक आह्वान गर्नुभएको छ । एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीकाअनुसार बैठक भोली शनिबार दिउँसो १ बजेका लागि बोलाइएको हो। बैठकमा वर्तमान राजनीतिक परिस्थिति, सुकुम्बासीका समस्या तथा जनपक्षीय सवालहरुमा केन्द्रित रहेर छलफल हुनेभएको छ ।
पार्टी अध्यक्ष ओलीको अध्यक्षतामाबस्ने उक्त बैठकको स्थानभने अझै निश्चित भइसकेको छैन । बैठक अध्यक्ष ओलीको निजी निवास भक्तपुरको गुण्डु वा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमध्ये एक ठाउँमा बस्ने प्रचार विभाग प्रमुख शाहीको भनाई छ ।