
काठमाडौं,१ जेठ । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठक आज जेठ १ गते राति १२ः०० बजेदेखि अन्त्यगर्न प्रदेश प्रमुखसमक्ष सिफारिसगर्ने निर्णय गरेको छ । सोही बैठकले प्रदेश निजामती सेवा नियमावली–०८३ लाई स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ ।
त्यसैगरी सो बैठकले काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई अब प्रदेशको राजधानी हेटौँडामा स्थानान्तरणगर्न स्वीकृत प्रदान गरेको छ । सो बैठकले वातावरण संरक्षण ऐनलाई संशोधनगर्ने विधेयक र प्रदेश उच्च शिक्षा ऐन–०७८ संशोधनगर्न संसदको समितिमा पठाउने निर्णयगरेको सरकारका प्रवक्ता तामाङले बताउनुभएको छ ।