तेहरान, ३ जेठ । युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई सहजीकरणगर्न पाकिस्तानका आन्तरिकमामिला मन्त्री हिजो शनिबार तेहरान आइपुग्नुभएको थियो । पाकिस्तानी आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी दुईदिने औपचारिक भ्रमणका लागि इरान आइपुग्नुभएको छ इरानी तस्निम न्यूज एजेन्सीले लेखेको छ–पाकिस्तानले क्षेत्रीय शान्ति प्रबद्र्धनगर्न जारी गरेको प्रयासको एक हिस्साको रुपमा उहाँ शनिबार इरान आइपुग्नुभएको छ । पाकिस्तानका प्रभावशाली सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरको तेहरान भ्रमणको केही दिनपछि इरानका गृहमन्त्री इस्कान्दर मोमेनीले नाक्वीलाई स्वागत गर्नुभएको छ ।

इस्लामावादले इरान र अमेरिकाबीचको शान्ति वार्तामा सक्रिय रुपमा मध्यस्थता गरिरहेको छ । पाकिस्तानले गत महिना दुबै पक्षका प्रतिनिधिहरुबीच उच्चस्तरीय बैठक आयोजनागरेको थियो। गत अप्रिल ८ देखि शुरुभएको युद्धविरामले फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्धविरामलाई रोकेको छ । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले वाशिंटनबाट तेहरानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन वार्ताका लागि इच्छुक रहेको सन्देश प्राप्त भएको बताउनुभएको छ ।

इरानका प्रमुख वार्ताकार तथा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भन्नुभएको छ–वाशिंटनले तेहरानको शान्तिका लागि गरेको प्रस्तावलाई स्वीकार गर्नुपर्ने नत्र शान्तिवार्ता भंगहुनेछ । उहाँले हामीले ‘१४ बुँदे प्रस्तावमा उल्लेख गरिएअनुसार इरानी जनताको अधिकार स्वीकार गर्नुको विकल्प छैन । कुनै पनि अन्य दृष्टिकोण पूर्ण रुपमा अस्वीकार्य हुनेछ गालिबाफले सामाजिक सञ्जालमा गरेको पोष्टमा भन्नुभएको छ । रासस, एएफपी