काठमाडौं,११ जेठ । एमालेले पनि बर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । भक्तपुरको गुण्डुमा भएको सचिवालय बैठकले आवश्यकताअनुसार सदन र सडकमा विरोध एवं भण्डाफोर अभियानगर्ने निर्णय गरेको बताइएको छ । एमालेले सरकार लोकतन्त्रको बाटोबाट विचलितहुँदै स्वेच्छारी र अधिनायकवादतर्फ अघि बढेको ठहर गरेको छ । संसदको बैठक स्थगितगरी अध्यादेश ल्याएको, सुकुमवासीलाई अव्यवस्थित ढंगले विस्थापित गरेको, सीमामा अव्यावहारिक कड्याइ गरेको, निहित स्वार्थ पूरागर्न प्रधानन्यायाधीश नियुक्तीमा वरीयता मिच्ने काम गरेको, प्रधानमन्त्रीले राष्ट्रपतिको अपमान गरेर संसदीय मामिलाको गम्भीर उल्लंघनलगायतका कार्यको पार्टीले घोर विरोध गर्छ र सरकारलाई सचेत पनि भनिएको छ ।
त्यसैगरी महँगी, दलित, महिलालगायतप्रति हिंसा बढ्दासमेत सरकार मौनरहेको एवं उद्योगी व्यवसायीहरुलाई हतोत्साही बनाउने काम भएको पनि एमालेको ठहर छ । एमालेको सचिवालय बैठक हिजो आइतबार सकिएको हो । यसैबीच एमालेको केन्द्रीय कमिटी बैठक आगामी असारको दोस्रो साता बस्नेभएको छ ।
हिजो आइतबार बसेको सचिवालय बैठले असारको दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ । उपमहासचिव भट्टकाअनुसार बैठकको मिति अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तयहुने भनिएको छ ।