काठमाडौं, । प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदको बैठकमा बोल्दै कतिपय स्थानमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनभएपछि सडकदेखि सदनसम्म नै बिरोध भएको छ । आज संसदमा सांसदहरुका प्रश्नहरुको जबाफ दिनेक्रममा उहाँले सो उपरोक्त अभिव्यक्ति दिएपछि त्यसबारे विवाद शुरु भएको हो । प्रधानमन्त्री वालेन्द्रले– ‘म प्रधानमन्त्री भएपछि थाहापाएको, भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ भन्नुभएको थियो ।
उहाँले ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्ने’ पनि बताउनुभएको थियो । प्रधानमन्त्री वालेन्द्रको सो अभिव्यक्तिको सम्बन्धमा नेपाली कांग्रेसले प्रष्टता खोजेको छ । कांग्र्रेसकी प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभाबाटै प्रष्टता खोज्नुभएको थियो । उहाँले ‘सम्माननीय प्रधानमन्त्रीले नेपालकातर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो । यहाँ कहाँनेर मिचिएको हो ? यसबारे छिटो भन्दा छिटो अवगत गराइया । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य होभने राखिनुप¥यो । यदि यो सही होइनभने रेकर्डबाट हटाइयोस् भन्नुभएको थियो ।