
काठमाडौं,१७ जेठ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई ज्वरो÷रुघाखोकी बढेपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ ।
संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केहीदिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभएको छ ।