काठमाडौं, २५ जेठ । नेपालमा सञ्चालनमा रहेका अन्तराष्ट्रिय एयरलाइन्सको छाता संगठन नेपालस्थित एयरलाइन्स प्रतिनिधिको बोर्ड (बार्न)को अध्यक्षमा अनिल घिमिरे निर्वाचित हुनुभएको छ । बार्नको भर्खरै सम्पन्न वार्षिक साधारणसभा एवं निर्वाचनबाट सन् २०२६–२०२८ का लागि घिमिरेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा, द्वितीय उपाध्यक्षमा अभित श्रेष्ठ, महासचिवमा सरिक बोगटी तथा कोषाध्यक्षमा नवराज शाही निर्वाचित हुनुभएको बार्नले जनाएको छ ।
यस्तै, कार्यसमिति सदस्यमा सेरकान बसर, जुनु मलेकु, धीरजचन्द्र श्रेष्ठ, सन्तोषविक्रम राना, तृप्ति क्षेत्री, रमेश लामिछाने र बासु लामिछानेललाई चयन गरिएको छ । ‘लचिलो आकाश, साझा दृष्टिकोण’ मूल नाराका साथ सन् १९९० मा स्थापना भएको बार्नले सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालको उड्डयन क्षेत्रको व्यावसायिक विकास र विस्तारमा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । रासस