काठमाडौं,२८ जेठ । एमालेका संसदीय दलका नेता रामबहादुर थापा ले नेपालले भारतको भूभाग मिचेको प्रमाणित गरेर देखाउन प्रधानमन्त्रि वालेन्द्र शाहलाई लाई चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उहाँले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिनुभएको थियो । परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरु सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको संघर्ष भिन्न तरिकाले जारीराख्ने उहाँको भनाइ थियो ।

नेता थापाले रास्वपाले त्यस्तो अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिनसक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा अत्यावरोध अन्त्य हुने धारणा राख्नुभएको थियो । त्यसैगरी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको हिजोे बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गत १७ गते संसद्मा प्रश्नोत्तरकाक्रममा राखेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले बचाउगर्न खोजेपछि नेता आङदेम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको थियो । अर्कातिर प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा रहनुभएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेर आफ्नो संलग्नता स्पष्ट गर्नुभएको छ ।

उहाँले हिजो साँझ सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीको उक्त ऐतिहासिक उपलब्धिप्रति शुभकामनासमेत व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री शाहले दुई देशबीच रहिआएको सम्बन्धको उच्च सम्मानगर्दै यसलाई थप सुदृढगर्न आफू इच्छुक रहेकोसमेत उल्लेख गर्नुभएको थियो ।