
काठमाडौं,३० जेठ । नेपाली कांग्रेसको पार्टी एकता अभियान भाँडिएको छभने गगन थापा र बिश्वप्रकाश शर्मा मुख्य बाधक भएको बताउन थालिएको छ । उहाँहरुले नै गत पुसमा अकस्मात बिशेष महाधिवेशन गराएर नेपाली कांग्रेस बिभाजित गराउनुभएको थियो । गगन थापा समूह र शेरबहादुर देउवा समूहका बीचमा एक सातायता संवाद नै हुननसकेको थाहाभएको छ । गत केही दिनअघि पछिल्लो पटक विश्वप्रकाश शर्मा र पूर्णबहादुर खड्काबीच छलफल भएको भनिएको थियो ।
भनिन्छ दुवै पक्षका प्रस्ताव टेबुल गरेर खड्का र शर्माबीच सहमतिको खोजी भएको थियो । खड्का निवास गोल्फुटारबाट बाहिरिँदा शर्माले सभापति थापासँग संवाद गरेर सहमतिका लागि पुनः संवादमा बस्ने वचन दिएपनि हालसम्म छलफल हुनसकेको छैन । खड्काले गत आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै खड्काले ३१ दिनदेखि सभापति थापासँग सम्पर्क हुननसकेको र पार्टी एकतामा कुनै प्रगति नभएको जनाउनुभएको थियो । नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलेसमेत आफूहरुलाई गगन थापा समूहले अल्मल्याएर नियमित महाधिवेशनगर्न खोजेको बताइसक्नुभएको छ ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट विभाजित कांग्रेसका नेता तथा कार्यकर्तालाई एक ठाउँमा जोड्न सभापति गगन थापाले खासै चासो नदिएको बताइनछ । गगन समूहसँग आगामी एकदुई दिनभित्रै सहमति नभए सातै प्रदेशमा भेला सम्पन्न गराउने र काठमाडौंमा राष्ट्रिय भेला राखेर छुट्टै महाधिवेशनगर्ने देउवा समूहको तयारी रहेको बताइन्छ ।