काठमाडौं, १ असार । आज सातै प्रदेशले एकसाथ वार्षिक बजेट ल्याउँदै छन् । कानूनी व्यवस्थाअनुसार प्रदेश सरकारहरुले आज प्रदेशसभामा बजेट प्रस्तुतगर्न लागेका हुन् । ०७२ को संविधानमा केन्द्र सरकारले जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ । त्यसैगरी अन्तरसकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार एकगते बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी स्थानीय तहहरुले असार १० गतेभित्र बजेट ल्याउने कानूनी व्यवस्था छ ।
प्रदेशहरुले पनि केन्द्र सरकारलेजस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण जस्ता विषयलाई प्राथमिकतामा राखेर नयाँ बजेट तयार पारेको समाचार बाहिर आएको छ ।