काठमाडौं, १ असार । अमेरिकी राष्ट्रपति डोलनाल्ड ट्रम्पले अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा गर्नुभएको छ । लामो समयको तीव्र तनाव र सैन्य टकरावपछि संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्यगर्ने विषयमा ऐतिहासिक सहमति भएको छ । मध्यस्थकर्ता राष्ट्र पाकिस्तान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी कूटनीतिज्ञहरुले यस सम्झौताको पुष्टिगरेका छन् । हिजो आइतबार इजरायलले लेबनानको राजधानी बेरुतमा नयाँ हवाई आक्रमण गरेपछि यो सम्झौता संकटमा परेको थियो । इजरायली कदमप्रति कडा आपत्ति जनाउँदै राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सार्वजनिकरुपमै आलोचना गर्नुभएको थियो ।

वार्तालाई विखण्डन हुनबाट जोगाउन अमेरिकाले अन्तिम समयमा केही सहुलियत दिएपछि इरान सम्झौताका लागि तयार भएको स्रोतहरुले जनाएका छन् । सम्झौताको घोषणागर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ’इरानसँगको सम्झौता अब पूरा भएको छ। सबैलाई बधाई ! म यसैसाथ ‘स्ट्रेट अफ होर्मुज’ (क्तचबष्त या ज्यचmगश) लाई खुलागर्न र अमेरिकी नौसेनाको नाकाबन्दी तुरुन्तै हटाउने पूर्ण अनुमति दिन्छु । विश्वका जहाजहरु हो, आफ्ना इन्जिन शुरु गर, अब तेल बग्न देऊ ! भन्ने उल्लेख गर्नुभएको छ । त्यसैगरी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि एक विज्ञप्ति जारीगर्दै अमेरिकी नौसेनाको नाकाबन्दी तुरुन्त र पूर्णरुपमा समाप्त हुने जनाएको छ ।

सम्झौताको पहिलो चरणअन्तर्गत युद्धको अन्त्य, नाकाबन्दी फुकुवा र इरानको रोक्का गरिएको अर्बौँ डलर बराबरको सम्पत्ति फुकुवा गर्ने विषय समेटिएका छन् । दोस्रो चरणमाभने इरानको आणविक कार्यक्रमका विषयमा छलफल जारी रहने बताइएको छ ।